सिरहा, १० फागुन । सिरहामा लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेका छ्न।
पक्राउ पर्नेमा लहान नगरपालिका वडा नं.२१ बस्ने वर्ष २३ को सोनु कुमार साह रहेका छ्न ।
प्रहरी चौकी ठाडि सिरहाबाट सजेन्द्र पोखरेलको कमाण्डमा खटिएको गस्ति टोलिले जिल्लाको भगवानपुर गाउँपालिका वडा नं.०४ ठाडि चोक स्थित चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री साहलाई चेकजाँच गर्दा निजको साथबाट नाईट्रोजन थान-९,फेनारागन थान -९ र क्राफिन थान-०९ निजको दुबै थाई (तिघ्रामा) टेपले बाँधि लुकाई छुपाई ल्याई रहेको अबस्थामा फेला परेको हुदा निजलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएका छन ।
पक्राउ परेका साह लाई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।














