जनकपुरधाम, ५ फागुन । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली युवाहरुको बौद्धिकता कमजोर हुदैँ गइरहेको बताएका छन् ।
शनिबार समाजवादी युवा संघ केन्द्रिय समितिद्धारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले पछिल्ला समय नेपाली युवाहरुको बौद्धिकता कमजोर हुदैँ गइरहेको बताएका छन् ।
अध्यक्ष यादवले पछिल्लो समय उदयमान भएको राजनीति पार्टीको कमजोर बिचार, सिद्धान्त र राजनीति संस्कारका कारण पनि यस्तो हुन् गएको बताए ।
नयाँ पुस्ता राजनीतिमा आउनु सकारात्मक कुरा भए पनि राजनीति रुपमा उनीहरु कमजोर रहेका छन । नयाँ दलमा अधिकांश युवाहरुमा राजनीति संस्कार, बिचार र सिद्धान्तको कमी रहेको छ ।
उनले भने । पहिला समयमा युवा एउटा बिचारधाराहप्रष्ट हुन्थ्यो, पछिल्लो समय यस्तो नभएको भन्दौ दुखेसो पोखे । पछिल्लो समयका युवाहरु अपवाह “रियूम्र्स”को पछाडि बढी लाग्ने गरेको भन्दैँ चिन्ता व्यक्त गरेका छन् ।
उनले अबको आधुनिक राजीनितक अध्ययन बिना फिका हुने भन्दैँ युवाहरुलाई बढी भन्दा बढी अध्ययन गर्न सुझाए ।
त्यस्तै, उदघाटन सत्रलाई सम्बोधन गर्दै मधेश प्रदेश सरकार आन्तरिक, सञ्चार तथा कानुन मन्त्रालयका पुर्व मन्त्री ज्ञानेन्द्र यादवले अबको समयमा बौद्धिक प्रशिक्षणले मात्रै संघीय गणतान्त्रिक लोकतन्त्रलाई संस्थागत गर्न सक्ने भन्दौ औल्याए ।
उनले पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्र बिरोधमा विभिन्न षडयन्त्रहरु सुरु भएको भन्दैँ युवाहरु सचेत हुने अवस्था आएको समेत बताए ।
“संघीयतालाई समाप्त गर्न केहि अनावश्यक तत्व सक्रिय भएको र त्यसलाई बौद्धिक तवरबाट प्रशिक्षित भएर मात्रै चिर्न सकिन्छ, नत्र संघीयता धरापमा पर्न सक्ने स्थिीति आउन् सक्छ ।
” उनले भने संघीय लोकतान्त्रिक गणतन्त्रमा स्थापना गर्न युवा खुलेर सक्रिय रुपमा लाग्नु पर्ने आवश्यकता भएको बताएका हुन् ।
त्यस्तै, मधेश प्रदेश सरकारका उर्जा, सिचाँई तथा खानेपानी मन्त्री सिहांसन सा कलवारले युवाहरुमा अध्ययनमा रुचि घट्दै गएको भन्दैँ चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय मुलुकमा आएको नाकारात्मक राजनीतिक ट्रेन्डका कारण युवाहरुले अध्ययनमा रुचि नदेखाएको बताए ।
मधेशका युवामा क्षमता हुदाँ हुदैँ पनि अफवाह तर्फ लागेको र आफ्नो बौद्धिकता प्रयोग गर्न नसकेको भन्दैँ दुखेसो गरेका हुन् ।
मन्त्री कलवारले मधेशका युवामा बौद्धिक सक्रियता घट्नाले सामाज पनि सहि गलत छुट्याउने नसक्ने भएको तर्क गरे । “मुलुकमा आएको नाकारात्मक राजनीतिक ट्रेन्डका कारण अध्ययनमा क्षेत्र छोडेको छ, जसकारण नेपाली समाजले सहि र गलत छुटयाउन् सकिरहेको छैन् ।
” उनले भने शिक्षित युवा राजनीतिकर्मी भए मात्रै देश र समाजले उच्च स्तरको बौद्धिकता पाउन् सक्ने बताए ।
कार्यक्रम सफलताको कामना गर्दै उनले यस्ता किसिमको प्रशिक्षणले युवाहरुमा प्रशसानिक र ऐतिहासिक कुराहरु अझै परिस्कृत भएर आउने बताए ।
यहाँबाट प्रशिक्षित भएर गएर संघीयताको बारेमा अझै जनतालाई सचेत गराउने कार्यमा लाग्न आग्रह समेत गरे । जसपा मधेश प्रदेशका नवनियुक्त अध्यक्ष बालकिशोर यादवले युवाको व्यक्तिगत, राजनीतिक र संगठनिक जिवनमा निखारता ल्याउने बताए ।
पार्टीको विचार, नीति र सिद्धान्तको बारेमा जानकारी पाएपछि समुदायमा लिएर जान सहज हुने बताए । उनले युवालाई अनुशासित हुनु जरुरी रहेको बताउँदै पार्टीले लिएको लक्ष्य पाउन सफलता प्राप्त हुने विश्वास व्यक्त गरे ।
युवा संगठनको नेतृत्व गरेकाहरु राजनीतिक उचाइ पाएको बताउँदै उनले केही दिन देखि युवामा ह्रास आएको बताए । केही दिन यता देखि युवाहरुको सवालमा बाटो विराएको जस्तो महसुस भएको उनले टिप्पणी गरे ।
मधेश प्रदेश स्थापित गर्नकालागि पार्टीका युवाहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले राजनीतिक परिवर्तन संगै आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण जरुरी रहेको बताए ।
उनले युवाहरुलाई सामाजिक परिवर्तन तिर लाग्नुपर्ने सुझाव समेत दिए । पार्टी, सिद्धान्त विरुद्ध वितृष्णा फैलाउने कार्य भइ रहेको दावी गर्दै उनले ती समस्यालाई समाधान युवाहरुले नै गर्न सक्ने भएकाले प्रशिक्षित हुनु जरुरी रहेको बताए ।
उनले प्रशिक्षित भए पछि त्यसलाई व्यवहारमा लागु गर्नुपर्ने सुझाव दिँदै बादविवाद र पार्टीको सिद्धान्त, पद्धति जनता समक्ष स्पष्ट रुपमा राख्न सकिएनौ भने यस प्रशिक्षणको औचित्य पनि रहेको बताए ।
कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य बिक्की यादवले युवाहरुमा देखिएको केही अभावहरु यस प्रशिक्षणवाट प्राप्त हुने बताए ।
उनले युवाहरु देश विदेशमा परिवर्तन ल्याए तर आर्थिक समृद्धिको बाटोमा कसरी हिड्न सकिन्छ त्यस तिर साकारात्मक रुपमा अगाडि बढ्नकालागि युवाहरुलाई आग्रह गरे ।
युवाहरुमा आत्मविश्वासको आवश्यकता रहेको बताउँदै अधिकार पाउने सवालमा युवाहरु बञ्चित हुनुको कारणनै हामी युवा संगठित नहुनु रहेको बताए ।
मधेश कमजोर भएर प्राप्त उपलव्धिलाई संस्थागत हुन नदिन विभिन्न विधेयकहरु ल्याएर षडयन्त्र गरिएको आरोप समेत लगाए ।
हामीमा सामाजिक दायित्व रहेको बताउँदै उनले तीन दिने प्रशिक्षणवाट सामाजिक उत्तरदायित्व पूरा हुने विश्वास व्यक्त गरे ।
युवा गलतको विरोध र सहीको समर्थन गर्न छाडे कुनै पनि अवस्थामा परिवर्तन हुन नसक्ने दावी गरे । युवाहरुलाई अनुशासनको नाममा दवाउने काम विगतमा अन्य पार्टीहरुमा देखिएको टिप्पणी गर्दै उनले आफ्नो ठाउँबाट विद्रोह गर्न सक्ने अधिकार जनता समाजवादी पार्टी भित्र रहेको बताए ।
शनिबारबाट सुरु भएको सो कार्यक्रममा फाल्गुन ८ गतेसम्म चल्ने छ । सो कार्यक्रममा जनता समाजवादी पार्टी(जसपा) नेपालका भातृसंगठन समाजवादी युवा संघका सातै प्रदेशका पदाधिकारीहरुको उपस्थित रहेको छ ।
तीन दिवसीय चल्ने सो कार्यक्रममा जसपा अध्यक्ष यादव मुख्य प्रशिक्षक रहेका छन् । भने सो प्रशिक्षणमा उनले राजीनित शास्त्र, समाजवाद शास्त्र, संघीयता, मधेश, मधेश आन्दोलन, विश्व राजनीति, राज्य संचालनका विधि प्रक्रिया, विश्व क्रान्ति लगायत विषयमा प्रशिक्षण दिने छन् ।
यसअधि जसपा अध्यक्ष यादवले जसपाका भातृसंस्थाहरु समाजवादी महिला संघ, प्रेस मञ्च नेपाल र मधेश प्रदेश समितिका पदाधिकारीहरुलाई प्रशिक्षित गरिसक्नु भएको छ ।














