KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

स्वतन्त्र सांसद अनिरुद्रप्रसाद सिंह जसपामा प्रवेश

स्वतन्त्र सांसद अनिरुद्रप्रसाद सिंह जसपामा प्रवेश

सप्तरी, २९ माघ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले एक कार्यक्रमको बीच पार्टीकै संघर्षबाट मुलुकमा शोषित पीडित जनताले अधिकार, अवसर, सम्मान र पहिचान प्राप्त गरेको बताएका छन् ।

शनिवार सप्तरीको बोदे बरसाइन नगरपालिका वड नम्बर ५ बजार मा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उनले भने, ‘मुलुकमा यसअघि ६ वटा संविधानको निर्माण भयो, शासकहरु बदलियो, राणाशाहीको खात्मा भयो, निरंकुश र निरदलिय नामक तानाशाही व्यवस्था अन्त्य भयो र बहुदलिय व्यवस्था आयो तर कुनै पनि व्यवस्थामा मधेशीलाई अधिकार दिइएन ।

पहाडका जनजाति लगायतका समूदाय पनि अधिकार, अवसर र पहिचानबाट वञ्चित नै रहेको भन्दै अध्यक्ष यादवले मात्र सरकार र सत्ताको लागि आन्दोलन भएको बताए । ‘ती बेलामा मधेशी जनअधिकार फोरमको नेतृत्वमा मधेश जनविद्रोह भयो र मधेशी लगायत शोषित पीडित जनताको मुक्तिका लागि भिषण लडाई अघि बढ्यो’ उनले भने, ‘जसको परिणाम संघीय गणन्त्र आयो, जुन मधेशीलाई विहारी, धोती भाई भन्ने गरिन्थ्यो तर अहिले नेपालमा मधेश प्रदेशको स्थापना भएको छ ।

उनले जसपाकै संघर्षले मधेश प्रदेश स्थापना भएको बताए । ‘जसपा हुदैन्थ्यो भने मधेश प्रदेश बन्दैन्थ्यो’ उनले भने, ‘आज सरकारी सेवामा मेधशी, जनजाति, थारु, मुस्लिम, दलित र महिला कोटा सबै ठाउँमा छ र राजनीतिमा पनि धेरै ठुलो परिवर्तन भएको छ ।

उनले नागरिकताको लडाई हिजोसम्म लड्नु परेको स्मरण गराउँदै भने, ‘जसपाकै संघर्षले नागरिकताको समस्या समाधान भएको छ तर अझैं संघर्ष भने रोकिएको छैन्, राजनीतिक अधिकारका साथसाथै अब आर्थिक विकासको जरुरत छ ।

उनले सबै प्रदेशभन्दा उर्वरभूमि मधेश प्रदेशमा रहे पनि सात वटै प्रदेशमा सबैभन्दा बढी गरिबी र बेरोजगारी यहीँ रहेको बताए । ‘विकासको विषयमा कसैले पनि सोचेनन्, राणाकालदेखि नै मधेशी जनताको भूमि अधिग्रहण गर्ने बाहेक अरु गरेनन्’ उनले भने । सोही कार्यक्रममा सप्तरीको निर्वाचन क्षेत्र ४ (ख) बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र रुपमा निर्वाचित अनिरूद्व प्रसाद सिंह यादव जसपा नेपालमा पुनः प्रवेश गरेका छन् ।

पार्टी अध्यक्ष यादव, पार्टीका नेता एवम् मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिह यादव, नव निर्वाचित राष्ट्रिय सभा सदस्य पुजा चौधरी लगायतले प्रदेश सभा सदस्य यादवसहित पार्टीमा प्रवेश गरेकाहरुलाई गम्छा, माला र टिका लगाएर स्वागत गरे ।

पछिल्लो निर्वाचनमा जसपाबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार भई ९ हजार ९ सय ८५ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

उनका निटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार अभिषेक यादवले ७ हजार ९ सय २० मत प्राप्त गरेका थिए ।योसँगै मधेश प्रदेश सभामा जसपा नेपालका प्रदेश सभा सदस्य सङ्ख्या १९ पुगेको छ ।

यस अघि महोत्तरी २ ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा ३ ‘क’ बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गरेका थिए ।

वृहत् पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका अनुपलाल साह, पूर्व कृषि सचिव शंकरलाल चौधरी लगायत विभिन्न पार्टी परित्याग गरी सयौं प्रभावशाली व्यक्तिहरु पार्टी प्रवेश गरेको पार्टीका मधेश प्रदेश मुख्य सचिव दिनेश कुमार यादवले जानकारी दिएका छन् ।

जसपा नेपाल सप्तरी ४ ( ख ) प्रदेश सभा क्षेत्रीय समन्वय समितिका अध्यक्ष मनोज कुमार यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

लोसपा , नेपालका बोदे बर्साईन नगर अध्यक्ष अमरेन्द्र कुमार यादव , माओवादी केन्द्र , नेकपा एमाले , राप्रापा , लगायत विभिन्न पार्टी प्रतियागगरि जसपा नेपालमा प्रवेश गरेका छन।

Facebook Comment

Related Posts

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

आक्रोश होइन, आशाको राजनीति गर्नुपर्छ : स्वर्णिम

आक्रोश होइन, आशाको राजनीति गर्नुपर्छ : स्वर्णिम

घण्टी बजाएर रवि र बालेनले गरे रास्वपा महाधिवेशन उद्घाटन

घण्टी बजाएर रवि र बालेनले गरे रास्वपा महाधिवेशन उद्घाटन

घण्टी बजाएर रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन

घण्टी बजाएर रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar