जनकपुर, ११ मंसिर । कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जनकपुरधामस्थित मिथिला इन्स्टिच्युट अफ टेक्नोलोजी (मिट) क्याम्पसका छ जना विद्यार्थी मधेश प्रदेशबाट छनोट भएका छन्।
मधेश प्रदेश खेलकुद परिषद्ले सञ्चालन गरेको प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट साधवी उप्रेती, मनि कनिका, खुशी ठाकुर, पुरुषोत्तम भुजेल, सृजना राय र लवली यादव छनोट भएका हुन्। छनोट भएका खेलाडीलाई क्याम्पसले समारोह आयोजना गरी टीका र गच्छासहित बिदाइ गरेको छ।
त्यस्तै, मिट क्याम्पसकै तीन विद्यार्थी आस्था झा, प्रिन्स झा र चन्दन यादव त्रिभुवन विश्वविद्यालयअन्तर्गत एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा छनोट भएका छन्।
एकै क्याम्पसका विद्यार्थीले खेलकुद र चिकित्सा शिक्षामा सफलता हासिल गरेपछि क्याम्पसले खुसी व्यक्त गरेको छ।














