नयाँ दिल्ली, ७ मंसिर । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गर्दैछन्।
भारतीय समयअनुसार बिहान ११ बजे नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुई प्रधानमन्त्रीबीच भेटवार्ता हुने कार्यक्रम छ। त्यसअघि बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिनेछ भने १०:४० बजे महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।
मोदीसँग करिब आधा घण्टा वार्ता गरेपछि दिउँसो १२:२५ बजे दुई देशबीच समझदारीपत्र आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गरिनेछ।
भेटवार्तामा आर्थिक साझेदारी, व्यापार, ऊर्जा, जलस्रोत, यातायात तथा डिजिटल कनेक्टिभिटी, शिक्षा, स्वास्थ्य र खेलकुदलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री शाहले नयाँ हवाई रुटका विषयमा पनि ठोस सहमति हुने आशा व्यक्त गरेका छन्।
त्यसैगरी, प्रधानमन्त्री शाहले दिउँसो ३ः१५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो राजकीय भारत भ्रमण हो। उनी भ्रमण टोलीसहित सोमबार अपराह्न ४ः५० बजे स्वदेश फर्किने तालिका रहेको छ।














