काठमाडौं, ६ मंसिर । सरकार र नागरिकबीच प्रत्यक्ष संवाद स्थापित गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘जनतासँग सरकार’ कार्यक्रम अन्तर्गत कार्यवाहक प्रधानमन्त्री एवं ऊर्जा मन्त्री बिराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङ ललितपुरको ऐतिहासिक सहर पाटन पुगेका छन्।
आइतबार साँझ पाटन पुगेका दुई मन्त्रीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता तथा सांसद जगदीश खरेल पनि सहभागी भएका थिए।
कार्यक्रमका क्रममा उनीहरूले पाटनको सुनधारा, टंगाल, ओकुबहाल, अग्निशाला, पिम्बहाल हुँदै मंगलबजारसम्मको क्षेत्र भ्रमण गरेका थिए। सो क्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट तथा कुराकानी गर्दै उनीहरूका समस्या, गुनासा र सुझाव सुनेका थिए।














