KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

तीनै उत्तरी नाका बन्द, तातोपानी खोल्ने प्रयास जारी

तीनै उत्तरी नाका बन्द, तातोपानी खोल्ने प्रयास जारी

काठमाडौँ, १५ असोज । दसैँ–तिहारअघि उत्तरी व्यापारिक नाका सञ्चालनमा ल्याउन सरकारले पहल तीव्र बनाएको छ। नेपालले तातोपानी नाका तत्काल खोल्न आग्रह गरे पनि चिनियाँ पक्षले कोरला नाकाको समेत स्थलगत अध्ययन गर्नुपर्ने धारणा राखेको छ।

हाल तातोपानी, रसुवागढी र कोरला तीनै नाका बन्द छन्। गत सोमबार नेपाली र चिनियाँ अधिकारीले तातोपानीतर्फको सडकको स्थलगत निरीक्षण गर्दै नेपालतर्फको सडक आयातका लागि तुलनात्मक रूपमा सहज रहेको निष्कर्ष निकालेका छन्।

चिनियाँ पक्षले कोरला क्षेत्रको सडक पनि निरीक्षण गर्न चाहेकाले आगामी आइतबार वा सोमबार नेपाली तथा चिनियाँ अधिकारीहरू मुस्ताङ जाने तयारीमा छन्। चिनियाँ पक्षले कोरला नाकालाई स्थायी रूपमा सञ्चालन गर्ने विषयमा चासो देखाएको छ।

नेपाली अधिकारीहरूले भने कोरला क्षेत्रमा हिमपात र पछिल्लो बाढी–पहिरोका कारण सडक अवरुद्ध हुने भएकाले तत्कालका लागि तातोपानी नाका उपयुक्त हुने बताएका छन्। नाका सञ्चालनका लागि बेइजिङस्तरबाट समेत निर्णय आवश्यक पर्ने अधिकारीहरूको भनाइ छ।

भोटेकोसी–त्रिशूली बाढीले रसुवागढी नाकाको सडक र पुलमा क्षति पुर्‍याएपछि त्यसको पुनः सञ्चालनमा समय लाग्ने देखिएको छ। कोरला क्षेत्रमा पनि पछिल्लो वर्षाले सडक अवरुद्ध हुँदा चीनबाट आउने सामान प्रभावित भएका छन्।

भन्सार विभागका महानिर्देशक यमलाल भुसालले चिनियाँ पक्षको प्रतिक्रिया सकारात्मक रहेको भन्दै तातोपानी नाका चाँडै सञ्चालन हुनेमा आशावादी रहेको बताएका छन्। निजी क्षेत्रले पनि नाका तत्काल सञ्चालन गरी दसैँका लागि रोकिएका सामान तथा विद्युतीय सवारीसाधन ल्याउने वातावरण बनाउन आग्रह गरेको छ।

Facebook Comment

Related Posts

मतभेद समाधान गर्दै कांग्रेसलाई मजबुत बनाउँछौँ : देउवा

मतभेद समाधान गर्दै कांग्रेसलाई मजबुत बनाउँछौँ : देउवा

असोज १६ देखि संसद् अधिवेशन अन्त्य हुने

असोज १६ देखि संसद् अधिवेशन अन्त्य हुने

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

जापानबाट फर्कियो नेपाली पदक विजेता टोली

जापानबाट फर्कियो नेपाली पदक विजेता टोली

निर्वाचन तयारीमा केन्द्रित हुन ओलीको निर्देशन

निर्वाचन तयारीमा केन्द्रित हुन ओलीको निर्देशन

नेपालमा मल कारखाना खोल्ने तयारी : प्रधानमन्त्री शाह

नेपालमा मल कारखाना खोल्ने तयारी : प्रधानमन्त्री शाह

ताजा समाचार

मतभेद समाधान गर्दै कांग्रेसलाई मजबुत बनाउँछौँ : देउवा

मतभेद समाधान गर्दै कांग्रेसलाई मजबुत बनाउँछौँ : देउवा

असोज १६ देखि संसद् अधिवेशन अन्त्य हुने

असोज १६ देखि संसद् अधिवेशन अन्त्य हुने

तीनै उत्तरी नाका बन्द, तातोपानी खोल्ने प्रयास जारी

तीनै उत्तरी नाका बन्द, तातोपानी खोल्ने प्रयास जारी

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

जापानबाट फर्कियो नेपाली पदक विजेता टोली

जापानबाट फर्कियो नेपाली पदक विजेता टोली

निर्वाचन तयारीमा केन्द्रित हुन ओलीको निर्देशन

निर्वाचन तयारीमा केन्द्रित हुन ओलीको निर्देशन

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar