काठमाडौं, १३ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानसँग भेटवार्ता गरेका छन्।
न्युयोर्कस्थित राष्ट्रसङ्घीय मुख्यालयमा भएको भेटमा मन्त्री खनालले रहमानलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्। उनले महासभा अध्यक्षको कार्यकालमा नेपालका तर्फबाट आवश्यक सहयोग र समर्थन रहने बताए।
भेटमा बहुपक्षीयता सुदृढ गर्ने विषयसँगै महासभाका प्राथमिकता तथा नेपालमा हालै भएको जलवायुजन्य विपद्बाट भएको क्षतिबारे पनि छलफल भएको थियो।














