काठमाडौँ। १२ असाज। सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
प्रत्येक वर्ष सेप्टेम्बर २८ मा मनाइने यो दिवस सन् २०१९ मा संयुक्त राष्ट्रसंघको महासभाले घोषणा गरेको हो।
दिवसको अवसरमा नागरिकलाई सूचनाको हकबारे सचेत गराउने तथा सार्वजनिक निकायलाई पारदर्शी र जवाफदेही बनाउन जोड दिइएको छ।
राष्ट्रिय सूचना आयोगले ग्रामीण, सीमान्तकृत तथा पिछडिएका समुदायसम्म सूचनाको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिएको छ।
नेपालको संविधानको धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ लगायत कानुनी व्यवस्था भए पनि तीनै तहका सरकारले सूचना अधिकारलाई नीति, बजेट र कार्यक्रममा पर्याप्त प्राथमिकता दिन नसकेको सरोकारवालाको भनाइ छ।
सामाजिक सञ्जाल, इन्टरनेट र विद्युतीय माध्यमको प्रभावकारी प्रयोगमार्फत सूचना प्रवाहलाई सहज बनाउनुपर्नेमा समेत जोड दिइएको छ।














