काठमाडौँ, १० असोज । नेपाल र सेनेगलबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल र सेनेगलका परराष्ट्रमन्त्री शेख नियाङले सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन्।
यसअघि दुवै मन्त्रीबीच भेटवार्ता भई पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको थियो। सेनेगलसँग सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको संख्या १८८ पुगेको छ।














