काठमाडौँ, १ असोज। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार नयाँदिल्ली प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहान ७ः३५ बजे काठमाडौँबाट दिल्ली गएका हुन्।
भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माण, आर्थिक सहकार्य तथा दुई देशबीचका राजनीतिक र कूटनीतिक विषयमा छलफल हुने बताइएको छ। भ्रमणका क्रममा उनले भारतीय अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
यस्तै, भारतीय उद्योग परिसंघको सम्मेलन तथा दिल्ली स्कुल अफ इकोनोमिक्सको विकास अर्थनीतिसम्बन्धी कार्यक्रममा पनि अर्थमन्त्री वाग्ले सहभागी हुनेछन्। उनी शनिबार साँझ नेपाल फर्किने कार्यक्रम रहेको छ।












