काठमाडौं, ३१ भदौ । सरकारले सुत्केरी तथा प्रसूति स्याहार बिदा बढाउने तयारी गरेको छ।
प्रस्तावित संशोधन विधेयकमा आमाका लागि हालको ९० दिनको बिदा बढाएर ६ महिना तलबसहित र बाबुका लागि १५ दिनबाट ४२ दिन तलबसहितको बिदा दिने व्यवस्था प्रस्ताव गरिएको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयक तयार भइसकेको छ। अब मन्त्रिपरिषद्बाट स्वीकृत गराएर संसद्मा पेश गर्ने तयारी छ।
मन्त्री गौतमले नवजात शिशुको हेरचाहमा आमाबुबा दुवैको समान जिम्मेवारी हुने भएकाले यस्तो व्यवस्था प्रस्ताव गरिएको बताएकी छन्।














