जनकपुर, ३० भदौ । विघ्नहर्ता तथा अग्रपूजाका अधिकारी भगवान् गणेशको जन्मोत्सव गणेश चतुर्थी आज देशभर श्रद्धापूर्वक मनाइँदैछ। गणेश मन्दिरहरूमा बिहानैदेखि पूजा–आराधना तथा दर्शनका लागि भक्तजनको भीड लागेको छ।
भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको धार्मिक मान्यताअनुसार आज विशेष पूजा गर्ने परम्परा छ। नेवार समुदायले यस दिनलाई ‘चथा पर्व’ का रूपमा समेत मनाउने गर्छन्।
यसै अवसरमा विभिन्न गणेश मन्दिरमा पूजा, प्रवचन तथा धार्मिक कार्यक्रम आयोजना गरिएका छन्। राष्ट्रिय धर्मसभाले गणेश रथयात्रासमेत आयोजना गर्दै आएकोमा यस वर्ष तिथि परेको कारण रथयात्रा पनि आजै गरिने जनाएको छ।












