काठमाडौँ, ३० भदौ । सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेपछि कोशी ब्यारेजका २३ वटा ढोका खोलिएका छन्।
बिहान ७:१५ बजेको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ८१ हजार ७७५ क्युसेक पुगेको छ। ब्यारेज नियन्त्रण कक्षका अनुसार जलसतह अझै बढ्दो क्रममा छ।
पानीको बहाव बढेपछि स्थानीय प्रशासनले सुनसरी र सप्तरीका कोशी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।














