काठमाडौं, २८ भदौ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि योगदान गर्ने व्यक्ति नै वास्तविक रूपमा सफल र कर्मयोगी हुने बताएका छन्।
आइतबार ललितपुरमा आयोजित ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड नेपाल २०२६’ को ग्रान्ड अवार्ड समारोहमा उनले सम्मानित व्यक्तित्वलाई आगामी दिनमा पनि देशको विकास र समाजसेवामा निरन्तर योगदान गर्न आग्रह गरे।
नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद साफिकुर रहमानले अवार्डले उत्कृष्टता र योगदानको सम्मानसँगै नेपाल–बङ्गलादेशबीचको जनस्तरीय तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने बताए।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सफलता निरन्तरको मेहनतबाट प्राप्त हुने भन्दै सम्मानित व्यक्तित्वलाई समाजप्रति जिम्मेवार भएर काम गर्न आग्रह गरे।














