काठमाडौं, २८ भदौ । नेपाली कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङले पदबाट राजीनामा दिएका छन्।
ठगीसम्बन्धी उजुरीपछि पक्राउ परेका गुरुङ ८ दिन प्रहरी हिरासतमा बसेर शुक्रबार रिहा भएका थिए। प्रहरीका अनुसार उजुरीकर्ताको रकम बुझाएपछि उनलाई हिरासतबाट मुक्त गरिएको थियो।
अनुशासन समितिको संयोजक रहेकै अवस्थामा ठगी आरोपमा हिरासतमा परेपछि गुरुङको आलोचना भएको थियो। त्यसपछि उनले पदबाट राजीनामा दिएका हुन्।
आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगन थापाले गुरुङको राजीनामाबारे जानकारी गराएका थिए। प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा पनि यसबारे उल्लेख गरिएको छ।














