काठमाडौं, २७ भदौँ । बाढीबाट क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा खोजीका क्रममा सात जनाको शव फेला परेको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार सुरुङ तथा हेडवर्क्स क्षेत्रमा खोजी गर्दा शुक्रबार ती शव भेटिएका हुन्।
भदौ १० गते आएको बाढीपछि आयोजनामा कार्यरत धेरै व्यक्ति बेपत्ता छन्। अडिट–१ क्षेत्रमा डेब्रिज भरिएको र मैलुङ क्याम्पमा उत्खनन थालिएको छ।
अडिट–३ मा नेपाली सेना र अष्ट्रेलियाली उद्धार टोलीले खोजी गरिरहेका छन्। बाढीअघि आयोजनामा १ हजार ४३३ जना कार्यरत रहेकामा हालसम्म ८७८ जनाको उद्धार भएको जनाइएको छ।














