काठमाडौं, २६ भदौँ । प्रधानमन्त्री बालेन शाहले मुलुकको आर्थिक अवस्था, लगानीको वातावरण र रोजगारी सिर्जनालगायत विषयमा उद्योगी तथा व्यवसायीसँग छलफल गरिरहेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार जारी छलफलमा उद्योगी व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाललगायत सहभागी छन् ।
छलफलमा निजी क्षेत्रले उद्योग व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका समस्या, लगानी विस्तार, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे विचार विमर्श भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई प्रभावकारी बनाउँदै आर्थिक चुनौती समाधान गर्ने तथा व्यवसाय र लगानीका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा समेत छलफल केन्द्रित रहेको बताइएको छ ।














