काठमाडौं, २५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले संविधानको पालना नगरेको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले निर्वाचनअघि संविधान परिवर्तन गर्ने प्रतिबद्धता जनतासँग नगरिएको भन्दै प्रधानमन्त्रीलाई संविधान उल्लंघन गर्ने अधिकार नभएको बताए।
उनले प्रधानमन्त्री शाह संसद्प्रति उत्तरदायी नभएको र सरकार प्रधानमन्त्रीको सचिवालयबाट सञ्चालन भइरहेको दाबीसमेत गरे।














