काठमाडौँ, २४ भदौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू देश छाडेर भाग्ने व्यक्ति नभएको बताएका छन्।
भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा आगजनी भएको बालकोटस्थित आफ्नो निवासको बुधबार निरीक्षण गर्दै ओलीले आफूहरू विगतमा पनि नभागेको र भविष्यमा पनि नभाग्ने बताए।
उनले आफूहरू नेपाली मूलका नागरिक भएको र संघर्ष तथा योगदानबाट स्थापित भएको दाबी गरे। आगजनीबाट भएको क्षतिको अवस्था बुझ्न ओली बालकोट पुगेका थिए।














