काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भदौ २३–२४ गते भएको जेनजी आन्दोलन जनतामा बढेको चरम निराशा र असन्तुष्टिको परिणाम भएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तत्कालीन सरकारको दमनले आन्दोलन थप उग्र बनेको दाबी गरे। आन्दोलन कुनै दलको पक्ष वा विपक्षमा नभई शासनशैली परिवर्तन, सुशासन, विधिको शासन र दण्डहीनताको अन्त्यका लागि भएको उनको भनाइ थियो।
केसीले ठूलो जनविश्वाससहित बनेको वर्तमान सरकार सफल हुनुपर्ने बताउँदै बाढी प्रभावितको उद्धार र सुरक्षामा थप प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराए।














