जनकपुर, २३ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अशोक यादव पक्राउ परेका छन्।
सर्लाहीका तत्कालीन प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई गालीगलौज तथा धम्की दिएको आरोपमा उनी पक्राउ परेका हुन्।
यादवविरुद्ध २०८२ असारमा आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता भएको थियो। मुद्दा दर्तापछि फरार रहेका यादवलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको जनाएको छ।














