महोत्तरी, २२ भदौ । महोत्तरीको पिपरा गाउँपालिकाले रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेको छ।
गाउँपालिका कार्यालय परिसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा गाउँपालिका अध्यक्ष जानकीराम यादव, उपाध्यक्ष बन्दना पाण्डे र प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार मिश्रा लगायत सबै वडाध्यक्ष तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति थियो।
कार्यक्रममा सहभागीहरूले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका थिए।














