एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नताञ्ज परमाणु केन्द्रनजिक रहेको अत्यधिक सुरक्षित ‘पिक्याक्स माउन्टेन’ क्षेत्रमा चाँडै हमला गर्न सकिने बताएका छन्।
शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको जारी सैन्य कारबाहीलाई ठूलो युद्ध नभई ‘सैन्य संघर्ष’को संज्ञा दिए। उनले हालसम्म १८ अमेरिकी सैनिकको मृत्यु भए पनि विगतका ठूला युद्धको तुलनामा यो संघर्ष निकै सानो भएको दाबी गरे।
यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि इरानमा जारी अमेरिकी सैन्य कारबाहीलाई ‘युद्ध’ भन्न नमिल्ने बताएका थिए।














