काठमाडौं, १६ भदौ । कर्णाली प्रदेश सरकारले भोटेकोशी बाढी प्रभावितका लागि २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
रकम बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणमा खर्च गरिनेछ। बैठकले सामाजिक विकास मन्त्रालयले तयार पारेको ‘शिक्षा क्षेत्र योजना २०८३-२०९२’ पनि स्वीकृत गरेको छ।














