काठमाडौं, १६ भदौ । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजे बस्ने गरी आह्वान गरेका छन्।
कार्यव्यवस्था परामर्श समितिको बैठकपछि बैठकको समय तय गरिएको हो। भोलिको बैठकमा भोटेकोशी बाढीबाट सिर्जित संकट, उद्धार तथा प्रतिकार्यबारे विशेष प्रस्ताव प्रस्तुत गरिनेछ। उक्त विषयमा सबै दलका नेताहरूले दलीय आधारमा धारणा राख्ने कार्यक्रम तय भएको संसद् सचिवालयले जनाएको छ।














