काठमाडौं, १५ भदौ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ।
पहाडी क्षेत्रसँगै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थानमा भारी वर्षा हुने सम्भावना छ। हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मधेश र कोशीका तराई क्षेत्रमा पनि केही स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने विभागले जनाएको छ।
राति कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा धेरै भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने देखिएको छ। मौसम विज्ञानअनुसार २४ घण्टामा ५०–१०० मिलिमिटर वर्षा भारी र १००-२०० मिलिमिटर वर्षा धेरै भारी मानिन्छ।












