काठमाडौं, ११ भदौ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज अधिकांश भूभागमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा तथा मधेसका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्य बदली रहने र पहाडी तथा हिमाली क्षेत्रमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही भूभागसहित कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहने तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही पहाडी/हिमाली क्षेत्रमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।












