काठमाडौं, १० भदौ । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा स्वास्थ्य सेवा प्रदान गर्न नेपाली सेनाले एआई–१७ हेलिकप्टरमार्फत इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) परिचालन गरेको छ।
सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार मेडिकल टोली जिल्ला अस्पताल त्रिशूलीतर्फ पठाइएको हो। धुन्चे र त्रिशूलीबाट समेत उद्धार टोली परिचालन गरिएको छ।
यसअघि नै सेनाका दुई हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा खटिइसकेका छन्। तिब्बततर्फबाट आएको बाढी रसुवाको भोटेकोशी हुँदै नुवाकोट पार गरेर धादिङतर्फ पुगेको बताइएको छ।














