काठमाडौं, ५ भदौ। सुदूरपश्चिम प्रदेश सरकारमा तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथ लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।
प्रदेश प्रमुख नजिर मियाँले प्रकाश रावल, ओमविक्रम भाट र खुसीराम डगौरा थारूलाई मन्त्री तथा मुख्यमन्त्री खगराज भट्टले जानकी कुँवर र इन्दिरा गिरीलाई राज्यमन्त्रीको शपथ गराए।
रावललाई उद्योग, पर्यटन, वन तथा वातावरण, भाटलाई भौतिक पूर्वाधार विकास र थारूलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
कुँवर भौतिक पूर्वाधार विकास र गिरी वन राज्यमन्त्री बनेका छन्। यससँगै मुख्यमन्त्री भट्ट नेतृत्वको प्रदेश सरकारले पूर्णता पाएको हो।












