काठमाडौँ, ३ भदौ । प्रा.डा. ढुण्डीराज पौडेल नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त भएका छन् ।
नवनियुक्त अध्यक्ष पौडेलले बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
वरिष्ठ नाक, कान तथा घाँटी विशेषज्ञ पौडेल नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा सोही विभागका प्रमुख तथा प्राध्यापकका रूपमा कार्यरत छन् ।
उनले यसअघि वीर, भेरी, भरतपुर र दाङ अस्पतालमा विभिन्न जिम्मेवारी सम्हालेका थिए । त्रिभुवन विश्वविद्यालयबाट एमबीबीएस तथा नाक, कान तथा घाँटी शल्य चिकित्सामा एमएस -गोल्ड मेडल- गरेका पौडेल नेपाल मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिमा समेत कार्यकारी सदस्य र समन्वयकर्ताका रूपमा काम गरिसकेका छन् ।












