काठमाडौं, ३० साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानीको उपयुक्त वातावरण बनेको दाबी गर्दै प्रवासी नेपालीलाई स्वदेशमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।
एनआरएनएको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै उनले पर्यटन, सूचना प्रविधि, स्वच्छ ऊर्जा र उच्च मूल्यका कृषि क्षेत्रमा लगानी गर्न आह्वान गरे ।
सरकारले आर्थिक सुधारलाई तीव्रता दिँदै २७ वटा नयाँ ऐन निर्माण तथा संशोधनको प्रक्रिया अघि बढाएको उनको भनाइ छ ।
वाग्लेले सार्वजनिक संस्थान सुधार, निजी वित्तमार्फत पूर्वाधार विकास र एआई प्रविधिमा युवालाई आकर्षित गर्ने कार्यक्रम अघि बढाइएको बताए ।
साथै, वैदेशिक लगानीका नीतिगत अवरोध हटाउँदै एनआरएन लगानीलाई प्राथमिकता दिइएको उनको दाबी छ ।












