एजेन्सी । इन्डोनेसियाको पूर्वी क्षेत्र फ्लोरेस टापुमा बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
स्थानीय समयअनुसार बिहान ४:५८ बजे गएको भूकम्पको केन्द्र समुद्रमा १५ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पपछि सुनामीको चेतावनी जारी गर्दै पूर्वी नुसा तेङ्गारा, दक्षिण सुलावेसी र पश्चिम नुसा तेङ्गाराका तटीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो ।
सम्भावित सुनामीका छाल ०.५ देखि ३ मिटरसम्म पुग्न सक्ने अनुमान गरिएको थियो । भूकम्पमा कम्तीमा दुई जनाको मृत्यु भएको र केही घाइते भएको जनाइएको छ ।
केही घर तथा भवनमा क्षति पुगेको छ भने परकम्पसमेत महसुस गरिएको थियो । समुद्रको सतहमा ठूलो परिवर्तन नदेखिएपछि सुनामी चेतावनी पछि हटाइएको छ ।












