काठमाडौँ, २६ सउन । प्रतिनिधि सभाको बैठक भदौ १ गते सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन् । मंगलबारको बैठकमा खनिज पदार्थसम्बन्धी विधेयक, २०८३ विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।
साथै, सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा विभिन्न विषयमा आफ्ना धारणा राखेका थिए ।














