काठमाडौं,, २६ साउन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा नागरिकदेखि सांसदसम्म कोही पनि सुरक्षित नरहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारको कमजोरीका कारण सुरक्षा, न्याय र सेवा-सुविधाको अवस्था कमजोर बनेको आरोप लगाए ।
देशमा झैझगडा, आगजनी र धम्कीका घटना भइरहे पनि उजुरी गर्दा प्रभावकारी कारबाही नभएको उनको गुनासो थियो । जनताको वास्तविक समस्या बुझ्न मन्त्रीहरू मन्त्रालयको एसी कोठाबाट बाहिर निस्केर सडकमा पुग्नुपर्ने उनले बताए ।
साम्पाङले ग्यासको लाइनमा बस्ने नागरिकको पीडा सरकारले बुझ्न नसकेको आरोप लगाउँदै प्रधानमन्त्री बालेन्द्र शाहको लापरवाही र गैरजिम्मेवारीका कारण समस्या बढेको दाबी गरे।
उनले प्रधानमन्त्रीले विपक्षी, नागरिक र आफ्नै मन्त्रीहरूसँग समेत प्रभावकारी समन्वय गर्न नसकेको बताए ।














