काठमाडौँ, २६ साउन । जाजरकोटमा मंगलबार बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ८ मिनेटमा जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
केन्द्रका भूकम्प विज्ञ राजेश शर्माका अनुसार भूकम्प ४.१ म्याग्निच्युडको रहेको थियो ।














