काठमाडौँ, २६ साउन । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ ।
बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले प्रस्तुत गर्ने सम्भावित कार्यक्रम छ ।
यसैबीच, आजै दुई संसदीय समितिको बैठक पनि बस्दैछ। बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिमा २०८२ भदौ २३ र २४ गतेको आन्दोलन तथा घटनामा जलेका स्रेस्ताबारे छलफल हुनेछ ।
त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा डिजिटल अर्थतन्त्रसम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची छ ।














