काठमाडौँ, २५ साउन । प्रधानमन्त्री वालेन्द्र शाहसँग सोमबार भएको शिष्टाचार भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश हस्तान्तरण गरेका छन् ।
सिंहदरबारमा भएको भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विषयमा छलफल भएको थियो ।
राजदूत श्रीवास्तवले भेट फलदायी र सकारात्मक रहेको बताउँदै दुई देशबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जानकारी दिएका छन् ।














