जनकपुर, २४ साउन । जनकपुरधाममा रहेको सिया मेडिकेयर ले स्वास्थ्य सेवा विस्तार गरेको छ ।
कदम चोकस्थित मेडिकेयरले आकस्मिक उपचार सेवासँगै अब आईसीयू, एनआईसीयू र शल्यक्रिया सेवा समेत सञ्चालनमा ल्याएको हो ।
करिब ५० शैयाको क्षमतामा सेवा विस्तार गर्दै सिया मेडिकेयरले बिरामीलाई थप विशेषज्ञ तथा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने जनाएको छ ।
आईसीयू र एनआईसीयू सञ्चालनमा आएसँगै गम्भीर अवस्थाका बिरामी तथा नवजात शिशुको उपचारमा सहजता हुने अपेक्षा गरिएको छ ।
शल्यक्रिया सेवा समेत थपिएपछि जनकपुर तथा आसपासका क्षेत्रका नागरिकलाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता केही हदसम्म कम हुने विश्वास गरिएको छ ।
स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले अस्पतालले थप सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।














