काठमाडौं, २४ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।
एमाले र नेपाली कम्युनिष्ट पार्टी -नेकपा-बीच भएको तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तारका लागि छलफल जारी रहेको उनले बताए ।
सहमतिको चरणमा पुगिसकेको भन्दै मुख्यमन्त्री शाहीले सातै प्रदेशमा भएको सहमतिअनुसार अघि बढ्नुपर्ने भएकाले केही ढिलाइ भएको स्पष्ट गरे ।
मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भए पनि सरकारी कामकाज प्रभावित नभएको उनको भनाइ छ । एमालेको समर्थनमा शाही साउन १२ गते कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।














