काठमाडौं, २३ साउन । लोकतान्त्रिक समाजवादी पार्टी -लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले राजनीतिमा सफलता हासिल गर्न सहज बाटो मात्रै पर्याप्त नहुने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा बोल्दै ठाकुरले सत्ता र नेतृत्वमा पुग्न राजनीतिमा विभिन्न चुनौती तथा कठिनाइ पार गर्नुपर्ने बताए ।
उनले राजनीतिलाई डर्टी गेमको संज्ञा दिँदै राजनीतिक यात्रा सहज र सरल बाटोबाट अघि बढ्न नसक्ने धारणा राखे ।
उनका अनुसार राजनीतिमा टिकिरहन र नेतृत्वमा पुग्न अनेकौँ चुनौतीको सामना गर्दै अघि बढ्नुपर्ने अवस्था हुन्छ ।














