काठमाडौं, २३ साउन । प्रधानमन्त्री वालेन्द्र शाह -बालेन-ले कहिलेकाहीँ एक्लै लड्नुपर्छ भन्दै भावुक स्टाटस लेखेपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा- का सांसद मनिष झाले प्रतिक्रिया दिएका छन् ।
झाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई महान् जनादेश पाएको सरकारमा कोही पनि एक्लो नभएको बताएका छन् । उनले सरकारको नियतप्रति शंका नरहेको भन्दै सुधार गर्नुपर्ने केही पक्ष रहेको उल्लेख गरेका छन् ।
जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्ने बताउँदै झाले सरकारलाई साथ दिँदै आफूले आवश्यक विषयमा सचेत गराउने काम निरन्तर गर्ने बताएका छन् ।















