काठमाडौँ, २२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा- की सांसद खुश्बु ओलीले प्रधानमन्त्री बालेन्द्र -बालेन- शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति सच्याउन र संसद्को अभिलेखबाट हटाउन माग गरेकी छन् ।
शुक्रबार प्रतिनिधिसभामा बोल्दै ओलीले राष्ट्रियताको संवेदनशील विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति गलत भएको बताइन्। साथै, १६ राजदूत पदका लागि परेको आवेदनको छनोट र नियुक्ति प्रक्रिया पारदर्शी बनाउन सरकारसँग आग्रह गरिन् ।
उनले वीर अस्पतालमा उपचाररत इन्टर्न चिकित्सक डिल्ली हरिजनको स्वास्थ्य अवस्था, माइतीघरमा आन्दोलनरत चिकित्सकका माग, मिटरब्याज पीडित तथा प्रहरीबाट ठगिएकाहरूको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
ग्यास अभाव समाधानका लागि विद्युतीय चुलोमा भन्सार हटाउन र विद्युतमा भ्याट छुट दिनसमेत उनले सुझाव दिइन् ।














