काठमाडौँ, २२ साउन । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. आशिष गोविन्द अमात्य नियुक्त भएका छन् ।
केन्द्रमै लामो समयदेखि कार्यरत डा. अमात्य मुटुरोगसम्बन्धी शल्यक्रियाका लागि आवश्यक एनेस्थेसिया सेवामा विशेषज्ञता हासिल गरेका छन् ।
उनी यसअघि केन्द्रको एनेस्थेसिया विभाग प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।














