काठमाडौँ, २२ साउन । सभामुख डोलप्रसाद अर्यालले धनुषाको ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर स्थानान्तरण गर्न खोजिएको विषयमा सरकारलाई आजै जवाफ दिन निर्देशन दिएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ट्रमा सेन्टर अन्यत्र सार्न खोजेको भन्दै विरोध जनाएका थिए ।
उनले राजनीतिक प्रतिशोध वा अन्य स्वार्थका कारण योजना सार्न खोजिएको आरोप लगाउँदै सदनमा मौन विरोध गरेका थिए ।
सांसद यादवको ध्यानाकर्षणपछि सभामुख अर्यालले सरकारलाई उक्त विषयमा स्पष्ट जवाफ दिन निर्देशन दिएका हुन् ।














