काठमाडौं, २१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारले संविधानको भावना र समावेशितालाई कमजोर बनाउँदै देशलाई उत्तर कोरियाको बाटो तर्फ लैजान खोजेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मधेसी, जनजाति र दलित समुदायमाथि विभेद भइरहेको दाबी गरे ।
उनले सरकारले समावेशी नीति विपरीत आफ्ना निकट व्यक्तिलाई नियुक्ति दिएको, युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न नसकेको तथा मधेस र थारुहट आन्दोलनमा राज्यले बल प्रयोग गरेको टिप्पणी गरे ।














