काठमाडौं, २१ साउन । नेपाली कांग्रेसको इतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय भेलाको तयारीलाई व्यवस्थित बनाउन डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।
भेलाको व्यवस्थापन तथा विभिन्न कार्यको जिम्मेवारी बाँडफाँड गर्दै ३२ वटा उपसमिति गठन गरी तिनका संयोजक समेत तोकिएको प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी दिएका छन् ।
उपसमितिहरूमा नीतिगत, संगठनात्मक, आर्थिक, प्रचारप्रसार, व्यवस्थापन, प्रदेश समन्वय तथा विभिन्न वर्ग र समुदायसँग सम्बन्धित जिम्मेवारी समेटिएको छ ।
उपसमितिहरू (बुँदागत)
- राजनीतिक प्रस्ताव तयारी समिति – विमलेन्द्र निधि
- साङ्गठनिक प्रस्ताव तयारी समिति – उमाकान्त चौधरी
- समसामयिक प्रस्ताव तयारी समिति – एनपी साउद
- विधान समिति – रमेश लेखक
- आर्थिक नीति समिति – डा. प्रकाशशरण महत
- प्रचारप्रसार समिति – मीन विश्वकर्मा
- आर्थिक व्यवस्थापन समिति – दीपक खड्का
- प्रशासन समन्वय समिति – मोहनबहादुर बस्नेत
- भोजन व्यवस्था समिति – पूर्णबहादुर तामाङ ‘कान्छाराम’
- स्वयंसेवक परिचालन समिति – जितजंग बस्नेत
- सांस्कृतिक समिति – विद्या तिमिल्सीना
- मञ्च तथा हल व्यवस्थापन समिति – राजु श्रेष्ठ
- स्वास्थ्य समिति – उमेशजंग रायमाझी
- विदेशस्थित नेपाली जनसम्पर्क समन्वय समिति – किरण पौडेल
- ट्रेड युनियन समन्वय समिति – हरिशरण नेपाली
- भातृ संघ समन्वय समिति – गोविन्दबहादुर शाह
- शुभेच्छुक संस्था समन्वय समिति – ईश्वरी न्यौपाने
- आदिवासी जनजाति समन्वय समिति – गणेश लामा
- दलित समुदाय समन्वय समिति – नृप वड
- महिला समन्वय समिति – उषा राउत
- युवा–विद्यार्थी परिचालन समिति – कुन्दनराज काफ्ले
- पेसागत बुद्धिजीवी परिचालन समिति – भीमसेनदास प्रधान
- सुदूरपश्चिम प्रदेश समन्वय समिति – वीरबहादुर बलायर
- कोशी प्रदेश समन्वय समिति – गोमा भट्टराई
- मधेश प्रदेश समन्वय समिति – पदमनारायण चौधरी
- बागमती प्रदेश समन्वय समिति – शिव हुमागाईं
- गण्डकी प्रदेश समन्वय समिति – गुरु बराल
- लुम्बिनी प्रदेश समन्वय समिति – गेहेन्द्र गिरी
- कर्णाली प्रदेश समन्वय समिति – सीता राना
- वैदेशिक रोजगार व्यवसायी समन्वय समिति – सीता देवकोटा
- जिल्ला काठमाडौं सम्पर्क समन्वय समिति – मानबहादुर नेपाली
- सचिवालय समन्वय समिति – दीपकप्रसाद कुइँकेल














