सिरहा, २० साउन । सुनसरी घटनापछि गोलबजार आन्दोलनका क्रममा गणेश यादवको मृत्युबारे छानबिन गर्न गठन गरिएको उच्चस्तरीय समितिले तीनदिने प्रारम्भिक अनुसन्धान सम्पन्न गरी काठमाडौं फर्किएको छ ।
गृह मन्त्रालयका सहसचिव पुष्पराज शाही नेतृत्वको टोलीले घटनास्थल निरीक्षण, प्रमाण संकलन, राजनीतिक दल, स्थानीय समुदाय, सुरक्षा निकाय तथा प्रत्यक्षदर्शीसँग छलफल गरेको जनाएको छ ।
टोलीले घाइतेको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएको छ । समितिले तोकिएको समयभित्र गृह मन्त्रालयमा विस्तृत प्रतिवेदन बुझाउने तयारी गरेको छ ।














