काठमाडौं, २० सायन । राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा- त्यागेका धवलशम्शेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘जय नेपाल पार्टी’ नामक नयाँ राजनीतिक दल घोषणा गर्ने तयारी अन्तिम चरणमा पु¥याएका छन् ।
राणाका अनुसार साउन २८ गते पार्टी घोषणा गर्दै सोही दिन निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिइनेछ । नयाँ पार्टीमा धवलशम्शेर राणा अध्यक्ष र दुर्गा प्रसाईं सर्वोच्च नेता रहने सहमति भएको छ ।
राणाले जेठ १७ गते राप्रपा परित्याग गरेका थिए भने त्यसपछि प्रसाईंसँग नयाँ दल गठन गर्ने सहमति भएको थियो । पार्टीका अन्य विस्तृत योजना भने घोषणा हुने दिन सार्वजनिक गरिने जनाइएको छ ।














