काठमाडौं, २० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले मुलुकमा देखिएका विवाद र धार्मिक तनावको दीर्घकालीन समाधानका लागि नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउनुपर्ने बताएका छन् ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्तमान संविधानका केही व्यवस्था नै समस्या सिर्जना गर्ने कारण बनेको दाबी गरे।
राप्रपाले हिन्दु राष्ट्रको मुद्दा सडक र संसद् दुवैबाट सशक्त रूपमा उठाउने उनले बताए । लिङदेनले सुनसरी घटनाप्रति दुःख व्यक्त गर्दै धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए।
साथै, प्रदेश सरकार गठनबारे आवश्यक परिस्थिति आएमा पार्टीले उपयुक्त निर्णय लिने बताए ।














